साउदी राजकुमार, ४२ अर्बको विमान, साततारे सुविधा (तस्वीर समाचार)

बिजमाण्डू
२०६९ साउन १४ गते ००:०० | Jul 29, 2012
साउदी राजकुमार, ४२ अर्बको विमान, साततारे सुविधा (तस्वीर समाचार)

काठमाडौं । साउदी राजकुमार अलवालिद विन तलाल, जो फब्र्सले तयार पार्ने विश्वका धनीहरुको सूचीमा १८ अर्ब डलरसहित खाडीका सबैभन्दा धनी व्याक्तिका रुपमा सूचित छन्, उनी दुई वर्ष अघि नेपाल आएका थिए, लगानीका लागि लोभ्याउन माधव नेपाल सरकारले उनलाई नेपालको सबैभन्दा ठूलो पदक महाउज्जवल राष्ट्रदीप विभुष्ण पनि दिएको थियो ।

व्युटीवीथ व्रेन : किंगडम होल्डिङ कम्पनीका मालिक तलाल श्रीमती अमिराका साथ, उनले ट्वीटरका ३० करोड डलर लगानी गरेका छन् । उनको लगानी गोल्डम्यान साचमा पनि छ

Tata
GBIME
Nepal Life

तलालको लगानी नेपालमा त आएन तर नेपाल आउनु केही समय अघि मात्र उनले आफ्नो व्याक्तिगत प्रयोजनका लागि अडर गरेको ए ३८० डबल डेकर एयरवस भने तयारी भएर आउनै लागेको छ । विश्वको सबैभन्दा महँगो निजी विमान मानिएको यो डबल डेकर एअरवस भित्र यति धेरै सुविधा छ, जुन राम्रै उद्योगीले पनि कल्पना गर्न सक्दैन । निजी विमानका रुपमा प्रयोग नगरेको भए, यो विमानमा छ सय यात्रु अटाउन सक्थे तर यसलाई एउटा साततारे होटलभन्दा बढी सुविधासम्पन्न बनाइएको छ । जसका कारण यहाँ थोरै मात्र यात्रुले सिट पाउन सक्छन् । यो जेटबाट सात हजार नाटिकल माइल्ससम्म यात्रा गर्न सकिन्छ । यसको उड्न गति प्रति घण्टा करिव ६ सय ४५ माइलभन्दा वढी छ । कम दुरीमा पनि यो जेटले ६ सय ८५ माइल प्रतिघण्टाको गतिमा उड्न सक्छ ।

के के छ सुविधा : विमानको ग्राफिक्स

ए ३८० एयरबस डबल डेकरको वाइड वडी भएको जेट विमान हो । यसमा चार इन्जिन छन्, यो विमानको उत्पादन युरोपियन कम्पनी एयरवसले गरिरहेको छ । कम्पनीसँग जुन २०१२ सम्म २५७ वटा ए ३८० एअरबसको अर्डर गरिएको छ । एअरबसको इन्टेरियर क्यु कम्पनीले गरेको हो, सन् २०१० मा साउदी राजकुमारका लागि अडर गरिएको यो विमान अर्को वर्ष उडानमा आउनेछ । उडानमा आउनु अघि नै विमानको चर्चा सारा विश्वभर छ ।  विमानमा चारवटा सुविधासम्पन्न बेडरुम हुनेछन्, बाथरुममा टर्किस सामान फिट गरिनेछ, विमानमै रोल्स रोयस गाडी पार्क गर्न मिल्नेछ । विमानमा होलोग्राफिक स्क्रिन हुनेछ, १० जना बस्न मिल्ने गरी कन्सर्ट हल हुनेछ ।

विमानमा बोर्ड रुम : विमानमा बैठक बस्न मिल्ने यस्तो सुविधासम्पन्न  बैठक कक्ष पनि हुने छ

विमान किन्न र त्यसको आन्तरिक साजसज्जाका लागि ३० करोड पाउण्ड अर्थात ४२ अर्ब नेपाली रुपैयाँ खर्च भैरहेको छ । जब यो विमान पुरै बन्नेछ तज यो विश्वको सबैभन्दा ठूलो र महँगो निजी विमान हुनेछ । डिजाइन कम्पनी क्युका सहसञ्चालक ग्रे डोयका अनुसार विमानमा यस्तो लिफ्ट प्रयोग गरिनेछ, जुन लिफ्ट सीधै रन वेमा पुगेर रोकिनेछ, त्यहाँ पुग्नासाथ रातो कार्पेट खुल्नेछ र यसले ओस्कारको ‘रेड कार्पेट’को झल्को दिनेछ । रनवेबाट लिफ्ट हुँदै पहिलो तला र दोस्रो तलासम्म पुगिनेछ ।

तलालको रवाफ : तलाल विमानको बैठक कक्षमा यसैगरी बस्नेछन्, अनि खाडीको नम्वर १ धनीबाट विश्वको नम्वर १ धनी  बन्ने उपायका वारेमा सोच्नेछन्

विमानको मध्य भागमा टर्किस सामान प्रयोग गरेर आरामदायी कक्ष बनाइनेछ । जहाँ दुई मिलिमिटरको मार्वल हालेर स्टिम रुम बनाइनेछ । यहाँ एकैपटकमा चार जनाले स्टिम लिन सक्ने डिजाइन कम्पनी क्युले जानकारी दिएको छ । विमानमा एउटा बैठक कोठामा म्याजिक कार्पेट हुनेछ, यहाँको भित्ता र भुँईमा ठूला–ठूला स्क्रिन जोडिनेछ, यी स्क्रिनमा विमानभन्दा तलको दृष्य हेर्न सकिनेछ, यो कोठामा गुलवाको सुगन्ध पनि पाइनेछ ।
एउटा बैठक कोठामा आइटच स्क्रिन हुनेछ, जहाँबाट विश्व बजारको सेयर बजारलाई हेर्न सकिनेछ । यहीं व्यापारिक साझेदारसँग बसेर व्यापारिक डिल गर्न सकिने गरी विमानलाई डिजाइन गरिएको छ ।

अरु पनि छन् : तलालसँग अहिले पनि हकर जेट र ७४७ बोइङ विमान छ, तलालका यी विमानका लागि रियादमा छुट्टै विमानस्थल निर्माण गरिएको छ

विमानमा पाँच वटा व्याक्तिगत स्विट रुम हुनेछ, जहाँ किंग साइजको खाट, मनोरञ्जनका साधन र प्राथना कोठा हुनेछ । प्राथना कोठामा कम्युटर प्रणालीसँग जोडिनेछ, जसले मक्कालाई सीधा अघि राखेर देखाउनेछ । विमानमा अरु अतिथीका लागि २० वटा सुत्न मिल्न गरीका सीट पनि हुनेछन् । एजेन्सीहरुको सहयोगमा