सामसुङको नाफा छ अर्ब डलर, एप्पल पछारियो, ३ महिनामा ९ करोड सेट विक्री

बिजमाण्डू
२०६९ साउन १२ गते ००:०० | Jul 27, 2012
सामसुङको नाफा छ अर्ब डलर, एप्पल पछारियो, ३ महिनामा ९ करोड  सेट विक्री


सोल । विश्वको सबैभन्दा ठुलो मोबाइल निर्माता सामसुङले २०१२ को दोस्रो त्रैमासमा उच्च मुनाफा आर्जन गरेको छ । तीन महिने अवधिमा कम्पनीले ५.९ अर्ब डलर मुनाफा आर्जन गरेको छ । यो मुनाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ७९ प्रतिसतले बढी हो ।
ग्यालेक्सी ब्राण्डका स्मार्टफोन उत्पादन गर्ने कम्पनीको ६० प्रतिसत नाफा स्मार्टफोनको बिक्रीबाट हुने गरेको छ । पछिल्लो समयमा कम्पनीले बजारमा ल्याएको ग्यालेक्सी एस थ्री बजारमा निक्कै लोकप्रीय बन्दै गएको छ ।
हालसम्म एक करोड सेट बिक्री भइसकेको एस थ्रिको बिक्री तेश्रो त्रैमासमा ६९ लाख हुने विष्लेषहरुको अनुमान छ । एस थ्रिको माग चौथो त्रैमासमा १ करोड ५० लाखको हाराहारीमा हुने हाई इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका सोङ म्युङ सबले बताए । उनका अनुसार एप्पले यसै वर्षको चौथो त्रैमासमा आइफोन फोर ल्याएपनि यसले सामसुङलाई खासै असर पार्दैन ।
स्ट्राटेजि एनालाईटिक्स नामक एक रिसर्च फर्मका अनुसार सामसुङले २०१२ को दोस्रो त्रैमासमा ९ करोड ३० लाख मोबाईल सेटहरु बिक्री गरेको छ । दोस्रो स्थानमा रहेको नोकियाले ८ करोड ३७ लाख र तेश्रोस्थाको एप्पलले २ करोड ७० लाख माबाइल सेट बिक्री गरेका छन् ।
नाफा तथा बिक्रीमा भएका उच्च बृद्धिका बाबजुद सामसुङसँग केहि जोखिमपनि छन् । एप्पलसँग लामो समयदेखि चलिरहेको विवाद सामसुङको पहिलो टाउको दुखाई हो । यसैगरी कम्पनीको आफ्नै अपेरिटिङ सिस्टम नभएकाले गुगलको एण्ड्रोइड प्रयोग गरिरहेको छ ।

Tata
GBIME
NLIC