बर्जरले ल्यायो पखालेर सफा गर्न सकिने भित्तामा लगाउने रंग, सबैभन्दा सुरक्षित रंग भएको दावी

बिजमाण्डू
२०७० जेठ २८ गते ००:०० | Jun 11, 2013

काठमाडौं ।   नेपालको अग्रणी पेन्ट उत्पादक बर्जरले इजी क्लिन र रंगोली टोटल केयर बजारमा ल्याएको छ । बर्जर इजी क्लिन विशेष प्रकारका क्रस लिंकिङ्ग पोलिमर तथा माइक्रो फाइन पिगमेन्टहरु प्रयोग गरी बनाइएको भित्री सतहमा लगाउने इमल्सन रंग भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसलाई सजिलैसँग पखालेर सफा राख्न सकिन्छ । यस रंगको चमक र ताजापन वर्षौंसम्म रहिरहने कम्पनीको दावी छ ।  लेड, मर्करी तथा क्रोमियमरहित यो रंग सबैभन्दा सुरक्षित भित्री रंग भएको कम्पनीको दावी छ ।
विशेष प्रकारका को–पोलिमर र माइक्रो फाइन पिगमेन्टहरु प्रयोग गरी बर्जर रंगोली टोटल केयरको उत्पादन गरिएको कम्पनीले जनाएको छ । यो रंग सही तरिकामा प्रयोग गरे उत्कृष्ट म्याट् फिनिश गरेझै देखिने कम्पनीले दावी गरेको छ ।  ‘हामी सदैव हाम्रा उत्पादनहरूको गुणस्तर, सिर्जनशीलता र उपभोक्ताको सन्तुष्टीका पक्षमा उभिएका छौं । यी त्यही कुरा हुन् जसले प्रतिस्पर्धीहरूमाझ हाम्रो तेजोमय वृद्धि र उच्चतम चक्रवर्ति विकासमा इन्धनको रुपमा काम गरिरहेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  यी उत्पादनहरुभन्दा अगाडि बर्जर नेपालले उत्कृष्ट, सुरक्षित तथा पहिलो वातावरण मैत्री रंग बर्जर सिल्क ब्रिद इजी बजारमा ल्याएको थियो । बर्जर नेपाल सन् २००० देखि उच्च गुणस्तर भएका विविध पेन्टस् बजारमा ल्याएको छ ।

Tata
GBIME