पूर्वमन्त्री जोशी भ्रष्ट्चारी ठहर, डेढ वर्ष कैद, दुई करोड १६ लाख जरिवाना

बिजमाण्डू
२०६९ साउन १० गते ००:०० | Jul 25, 2012
पूर्वमन्त्री जोशी भ्रष्ट्चारी ठहर, डेढ वर्ष कैद, दुई करोड १६ लाख जरिवाना

काठमाडौं । पूर्वमन्त्री तथा काँग्रेस नेता गोविन्दराज जोशीलाई विशेष अदालतले भ्रष्ट्चारी ठहर गरेको छ । अख्तियारले दायर गरेको मुद्धामा विशेषका न्यायाधिश गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले फैसला गर्दै जोशीलाई डेढ वर्ष कैद र दुई करोड १६ लाख रुपैयाँ जरिवाना पनि गरेको छ ।
अख्यिारले दायर गरेको मुद्धामा विशेषका तत्कालीन न्यायाधिश भुपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शम्सेर जवराले हदम्याद भित्र मुद्धा दायर नगरेको भन्दै खारेज गरेको थियो । त्यसविरुद्ध अख्तियार सर्वोच्च अदालत गएको थियो । सर्वोच्चका न्यायधिश सुशिल कार्की र तर्कराज भट्टको इजलासले हदम्याद खारेज गर्दै विशेषमा मुद्धा सुनुवाई गर्न आदेश दिएको थियो । यही आदेशलाई आधार मान्दै विशेषले अख्तियारले दायर गरेको मुद्धामा प्रवेश गरेको थियो । जोशीले विशेषको फैसला विरुद्ध सर्वोच्चमा मुद्धा लड्ने जानकारी दिएका छन् ।

Tata
GBIME
Nepal Life