गौमूखिको सेयर जेठ २९ बाट, प्रति सेयर नेटवर्थ ८२.४७ र प्रति सेयर आम्दानी ९.२७ रुपैयाँ

बिजमाण्डू
२०७० जेठ १५ गते ००:०० | May 29, 2013
काठमाडौं । गौमूखि विकास बैंक लिमिटेडले जेठ २९ गतेबाट साधारण सेयर निस्कासन गर्ने भएको छ । प्युठानको गौमूखि विकास बैंकले १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता साधारण सेयर निस्कासन गर्न लागेको हो ।
बैंकले निस्कासन गर्न लागेको कुल सेयरमध्ये २ हजार ४ सय कित्ता  कर्मचारी र ६ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । एक सय रुपैयाँ अंकित दरका सेयर लिनका लागि न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्छ । वढीमा ५ हजार कित्तासम्म आवेदन दिन सकिन्छ । बैंकको प्रति सेयर नेटवर्थ ८२.४७ रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी ९.२७ रुपैयाँ छ । आगामी सोमबारबाट मेगा बैंकले सेयर निस्कासन गर्दै छ । गौमूखिपछि नमस्ते वित्तीय संस्थाले सेयर निस्कासन गर्ने तयारी गरेको छ ।

Tata
GBIME