अछाम-१ को प्रदेशसभा (क) मा हर्कबहादुर कुँवर र २- को (क)मा अक्कलबहादुर रावल विजयी

बिजमाण्डू
२०७४ मंसिर २४ गते १२:५७ | Dec 10, 2017

काठमाडौं।  अछामको क्षेत्र नम्बर एकको प्रदेशसभा क बाट नेकपा एमालेका हर्कबहादुर कुँवर विजयी भएका छन्।

GBIME
Tata

नेपाली कांग्रेसका मेघराज खड्कालाई १ हजार ४१२ मतले पराजित गर्दै कुँवर विजयी भएका हुन्।कुँवरले १० हजार ७१० मत प्राप्त गरे भने खड्काले ९ हजार २९८ मत ल्याएका थिए। त्यस्तै अछामको क्षेत्र नम्बर २ को प्रदेशसभा क मा नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल विजयी भएका छन्। रावल करिव २ हजार मतान्तरले विजयी भएका हुन्।

रावलले १० हजार ९८१ मत पाए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरतबहादुर बिष्टले ९ हजार ४० मत पाएका छन्।