काठमाडौं । ग्लोबल आइएमइ बैंकले नाफा दोब्बरले वढाएको छ । अघिल्लो चैतमा १७ करोड २२ लाख नाफा गरेको बैंकले यसपाली ३६ करोड १० लाख नाफा कमाएको छ । बैंकले १२ करोड २७ लाख रुपैयाँ डुवेको ऋण उठाएका कारण नाफा उल्लेख्य वढेको हो । नाफा वढेका कारण प्रति सेयर आम्दानी २१.३७ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २४.०१ गुणा छ । प्रति सेयर नेटवर्थ १२८.७४ रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३ प्रतिशत वोनस सेयर र १० प्रतिशत नगद लाभांस दिएको थियो ।
बैंकको नोक्सानी व्यवस्था वापतको रकम पनि उल्लेख्य वढेको छ । बैंकले तीन महिनाअघि ३३ करोड ६२ लाख नोक्सानी व्यवस्थामा रकम छुट्याएकोमा अहिले यो ४४ करोड ४८ लाख पुगेको छ ।
बैंकले खुल ब्याज आम्दानी ९९ करोड ६६ लाख रुपैयाँ गरेको छ । अघिल्लो चैतमा यो ४६ करोड २२ लाख रुपैयाँ थियो । बैंकको निक्षेप ३० अर्ब ३३ करोड पुगेको छ । बैंकले चैतसम्म २४ अर्ब ९० करोड कर्जा लगानी गरेको छ ।
यसैगरी नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले पनि नाफा दोब्बरले वढाएको छ । बैंकको नाफा ११ करोड ५२ लाखबाट वढेर २३ करोड ८८ लाख पुगेको छ । बैंकले डुवेको ऋणमध्ये ८ करोड २३ लाख रुपैयाँ उठाएको छ । बैंकको नोक्सानी व्यवस्था वापतको रकम पनि वढेर २३ करोड २० लाख रुपैयाँ पुगेको छ ।
नाफाको वृद्धिले बैंकको प्रति सेयर आम्दानी २६.२४ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ८.३८ गुणा छ । प्रति सेयर नेटवर्थ १५४.६७ रुपैयाँ छ । बैंकले पाँच वर्षपछि गत आर्थिक वर्षको नाफाबाट यसपाली ५ प्रतिशत वोनस सेयर दिउको थियो । कर प्रयोजनका लागि बैंकले ०.२६ प्रतिशत नगद लाभांस दिएको थियो ।
बैंकले चैतसम्म खुद ब्याज आम्दानी ५९ करोड ७४ लाख रुपैयाँ गरेको छ । यो अवधिमा १८ अर्ब ५३ करोड निक्षेप संकलन गरेर १५ अर्ब ९१ करोड कर्जा लगानी गरेको छ ।
भर्खरै सेयर सुचिकृत गरेको नेपाल कमर्ज एन्ड ट्रष्ट बैंक लिमिटेडको नाफा ५ करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो चैतमा बैंकको नाफा ३९ लाख रुपैयाँ थियो । बैंकले यो अवधिमा केही कर्जाको व्याज नउठेपछि ५ करोड ५५ लाख रुपैयाँ नोक्सानी व्यवस्थामा छुट्याएको छ । यो रकम नाफाबाट छुट्याउनु पर्ने भएकाले खुद नाफा कम देखिएको हो ।
बैंकको खुद व्याज आम्दानी ११ करोड २७ लाखबाट वढेर २२ करोड ६४ लाख पुगेको छ । यो अवधिमा बैंकले ८ अर्ब ९६ करोड निक्षेप संकलन गरेर ८ अर्ब ४७ करोड लगानी गरेको छ । बैंकले सेयर निस्कास गर्दा यसपालीको नाफाबाट लाभांस दिने घोषणा गरेको थियो ।