एचएन्डबी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा, आज सन्ध्याकालिन काउन्टर बन्द

बिजमाण्डू
२०७० बैशाख १३ गते ००:०० | Apr 26, 2013

काठमाडौं । एचएन्डबी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय सर्ने भएको छ । बैंक कमलादीबाट डिल्लीबजारमा आइतबारदेखि सर्न लागेको हो । डिल्ली बजारको सनराइज बिजपार्क भवनको चौथो तल्लामा बैंक स्थानान्तरण हुने बैंकले जनाएको छ । कार्यालय सर्दा सूचना प्रणालीमा प्रभाव पर्ने भएकोले आजको सन्ध्याकालिन काउन्टर सेवा बन्द भएको छ । बैंकका अनुसार शनिबार बैंकको वीरगञ्ज शाखाबाट सञ्चालन हुँदै आएको ३६५ दिन बैंकिङ सेवा पनि बन्द हुनेछ ।

Tata
GBIME