थप चार स्थानमा विशेष आर्थिक क्षेत्रको सम्भाब्यता अध्ययन, भैरहवाको छिट्टै सञ्चालनमा आउने



बिजमाण्डू
२०६९ चैत्र २३ गते ००:०० | Apr 5, 2013

काठमाडौं । सरकारले औद्योगिक विकासका लागि निर्माण थालेको विशेष आर्थिक क्षेत्र थप विस्तार गर्ने भएको छ । सरकारले थप चार ठाउँमा विशेष आर्थिक क्षेत्र विस्तारको लागि पहल थालेको छ । उद्योग मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र विकास समितिले पाँच स्थानमा विशेष आर्थिक क्षेत्रको सम्भाब्यता अध्ययन थाल्ने भएको छ । धनुषा, रौतहट, सिराह र गोरखामा विशेष आर्थिक क्षेत्रको सम्भाब्यता अध्ययनको लागि समितिले परामर्शदाताको आब्हान गरेको छ । समितिले १५ दिनभित्रै परामर्शदाता छनौट गरेर सम्भाब्यता अध्ययन अघि बढाउनेछ ।
सरकारले औद्योगिक विकासका लागि विभिन्न स्थानमा यस्तो क्षेत्र बनाउन सुरु गरेको छ । भैरहवामा विशेष आर्थिक क्षेत्र निर्माण अन्तिम चरणमा पुगेको छ । भैरहवाकै विशेष आर्थिक क्षेत्र सञ्चालनको लागि गठन आदेश समेत जारी भइसकेको छ । गठन आदेशबाट समितिको कार्यकारी निर्देशक खुल्लाबाट छान्न आब्हान भएअनुसार सात जनाले आवेदन दिएका छन् । कार्यकारी निर्देशकको छनौंटसँगै भैरहवाको आर्थिक क्षेत्र सञ्चालनमा आउनेछ । विशेष आर्थिक क्षेत्रमा नेपालको कानुन आर्कषित हुँदैन । त्यहाँ भित्र सञ्चालन भएका उद्योगका कामदारले बन्द, हड्ताल गर्न पाउँदैनन् भने अन्य राजस्व छुटका प्रावधान समेत रहेका छन् । चीनले यस्तै विशेष आर्थिक क्षेत्रमार्फत विदेशका लगानीकर्तालाई आर्कषित गरिरहेको छ ।

Tata
GBIME
Zonsen