काठमाडौं । अमेरिकी डलरको मूल्य फेरी वढ्न थालेको छ । राष्ट्र बैंकले वुधबारका लागि एक डलरको मूल्य ८६ रुपैयाँ ९१ पैसा तोकेपनि बैंकहरुले ८७ रुपैयाँ २५ पैसामाथि कारोबार गरिरहेका छन् । युरो आर्थिक संकटले डलर वलियो भएर भारतीय मुद्रा कमजोर भएका कारण नेपालमा पनि डलरको मूल्य वढेको हो । भारतीय मुद्रा (भारु) सँग नेपाली मुद्राको स्थिर विनिमय दर भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ सस्तिन्छ । भारु १ सँग नेपाली १.६ रुपैयाँको स्थिर विनिमय दर छ । यसैको आधारमा डलरको मूल्य नेपालमा निर्धारण हुन्छ । डलर वढ्दा रेमिट्यान्स वृद्धि हुन्छ भने आयात व्यापार प्रभावित हुन्छ । उता बुधवार सुन भने प्रतितोला सय रूपैयाँले सस्तो भयो । नेपाल सुन चाँदी व्यवसायी संघले बुधवारका लागि प्रतितोला सुनको मूल्य ५६ हजार ८०० सय रूपैयाँ तोकेको छ ।
