काठमाडौं । सिभिल मर्चेण्ट वित्तीय संस्थाले सेयरधनीलाई बोनस सेयर र हकप्रद सेयर दिने भएको छ । संस्थाले चैत ३० गते साधरणसभा आव्हान गर्दै सेयरधनीलाई ११.४ प्रतिशत बोनस सेयर र त्यसपछि हुने चुक्ता पुँजीमा १० बराबर एक सेयर हकप्रद जारी गर्न लागेको हो । संस्थाले बोनस सेयर जारी गर्न लाग्ने आठ लाख ९७ हजार रुपैयाँ नगद पनि लाभांसका रुपमा दिनेछ । संस्थाको अहिले १३ करोड रुपैयाँ चुक्ता पुँजी छ । बोनस सेयर जारी गरेपछि चुक्ता पुँजी १४ करोड ७० लाख रुपैयाँ हुनेछ । हकप्रद जारी गरेपछि संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ नाघ्नेछ ।
नेपाल स्टकमा सिभिल मर्चेण्टको प्रतिकित्ता १२५ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सिभिलले काठमाडौं फाइनान्ससँग मर्ज प्रक्रिया सुरु गरे पनि त्यो प्रक्रिया टुङ्गोमा पुगेको छैन् । काठमाडौं फाइनान्ससँग मर्ज प्रक्रिया सुरु गरेपछि कम्पनीको स्टकमा कारोवार भने रोकिएको छ ।
