काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सिडिएस) स्थापनाका लागि भारतले अन्तिम किस्ताको चार करोड नौ लाख रुपैयाँ मंगलावर दिएको छ । योसहित भारतले नेपालमा सिडिएस स्थापनाका लागि १४ करोड ७२ लाख रुपैयाँ उपलब्ध गराएको छ । नेपाल स्टक एक्सचेञ्जमा आयोजित कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका डेपुटी चिप अफ मिशन जयदीप मजुमदारले स्टक एक्सचेञ्जका अध्यक्षलाई रकम हस्तान्त्रण गरेका हुन् । मजुमदारले नेपाल सरकारको चाहना भए यस किसिमका सहयोग आगामी दिनमा पनि जारी रहने बताए ।
अध्यक्ष धितालले पुँजी बजारमा भारतले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिए । नेप्सेका कामु महाप्रवनधक प्रमोदकुमार भट्टराईले सिडिएसका लागि भारतले पुर्याएको सहयोगले नेपालको पुँजी बजार विकासमा सहयोग पुग्ने बताए ।
