साना ३ संस्थाको डेढ महिनाभित्र साधारण सेयर आउँदै, बिओके र सिद्धार्थको ऋणपत्र पनि सँगै, व्याज ८ %

बिजमाण्डू
२०६९ फागुन १९ गते ००:०० | Mar 2, 2013
काठमाडौं । डेढ महिनाभित्र तीन साना वित्तीय संस्थाले साधारण सेयर निस्कासन गर्ने भएका छन् । दुई वाणिज्य बैंकहरुले पनि ऋणपत्र जारि गर्ने भएका छन् । पुँजी र कारोबारका हिसावले साना साना वित्तीय संस्थाहरुको प्रतिफल भने राम्रो छ । तीन वटै संस्था आकर्षक नाफामा सञ्चालनमा छन् । दुई वाणिज्य बैंकले भने वार्षिक ८ प्रतिशत व्याज दिने गरि ऋणपत्र जारि गर्न लागेका हुन् ।
प्युठानको गौमूखि विकास बैंक, दाङको नमस्ते वित्तीय संस्था र काभ्रेको नयाँ नेपाल लघुवित्त विकास बैंकले साधारण सेयर निस्कास गर्न लागेका हुन् । गौमूखीले १ करोड २० लाख रुपैयाँ, नमस्तेले १ करोड र नयाँ नेपालले ६० लाख रुपैयाँको सेयर निस्कासन गर्न लागेका हुन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत बैंक तथा वित्तीय संस्थाहरु हेर्ने हो भने जिल्लाका अधिकांस संस्थाको अवस्था राम्रो छ । यि संस्थाको सेयर सीमित हातहरुमा हुने भएकाले बजार मूल्य पनि माथि छ । निस्चित समूदायमा ऋण लगनी गरेर आम्दानी गर्ने भएकाले यि संस्थाले दिने प्रतिफल पनि उच्च हुने गरेको छ ।
तर यि संस्थाको वासलात तथा वित्तीय अवस्था भने स्थानीय पत्रपत्रिकाहरुमा मात्र प्रकासित हुने भएकाले ‘अपडेट’ रहन भने समस्या हुन्छ ।  
सिद्धार्थ बैंक र बैंक अफ काठमाण्डू (बिओके) ले ८ प्रतिशतको ब्याजमा सात वर्षे ऋणपत्र निकाल्न आँटेका हुन् । दुवै बैंकले ४० करोडका दर ऋणपत्र निस्कासन गर्न लागेका हुन् । अहिलेको बजारको व्याज मूल्यांकन गर्दा दुवै बैंकले दिन लागेको ब्याज दर राम्रो हो ।

Tata
GBIME
NLIC