प्रभु बैंकले गर्यो ६ महिनामै एक अर्ब ११ करोड नाफा, एक अर्ब १३ करोड डुबेको ऋण उठायो

बिजमाण्डू
२०७३ माघ ४ गते ०९:३५ | Jan 17, 2017
प्रभु बैंकले गर्यो ६ महिनामै एक अर्ब ११ करोड नाफा, एक अर्ब १३ करोड डुबेको ऋण उठायो

काठमाडौं। प्रभु बैंक लिमिटेडले एक अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकले डुबेका कर्जाहरु उठाएर नाफा बढाएको हो। गत बर्षको पुससम्म बैंकको नाफा जम्मा ४० करोड ५६ लाख रुपैयाँ मात्र थियो।

Tata
GBIME
Nepal Life

पाँच अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रभुले खराव कर्जा अनुपातलाई पनि घटाएको छ। गत असोजमा साढे सात प्रतिशत रहेको खराव कर्जा पुसमा ४.८८ प्रतिशतमा झारेको छ।

बैंकले डुबेकोमध्ये एक अर्ब १३ करोड रुपैयाँ ऋण राइट ब्याक गरेको हो। बैंकको खुद ब्याज आम्दानी एक अर्ब ४४ करोड रुपैयाँ छ। बैंकले साढे १८ करोड ऋणको नोक्शानी व्यवस्थापन गरेको छ।

बैंकसँग सर्वसाधारणको ७० अर्ब २१ करोड निक्षेप छ । बैंकले ५६ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ। बैंकको पूँजी कोष अनुपात ११.१० प्रतिशत छ।

पछिल्लो समय ग्रान्ड बैंकलाई प्रभुले गाभेको थियो। ग्रान्डको खराव कर्जालाई यसपाली रिकभर गरिएको बैंक स्रोतले जानकारी दियो। अन्य पुराना कर्जाहरु पनि बैंकले उठाएको छ।