सामसङ्गको एस थ्री र नोट टुमा अबदेखि इन्सुरेन्स, झरेर फुटे वा पानीमा डुबे बीमा पाइने

बिजमाण्डू
२०६९ फागुन ३ गते ००:०० | Feb 14, 2013
सामसङ्गको एस थ्री र नोट टुमा अबदेखि इन्सुरेन्स, झरेर फुटे वा पानीमा डुबे बीमा पाइने

काठमाडौं । सामसुङ्ग मोवाइल विक्री गर्ने स्थानीय कम्पनीले मंहगा मावोइल फोनमा बीमा सेवा सुरु गरेको छ । सामसुङ्ग मोवाइलको नेपालका लागी आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ्ग सर्भिसेज प्रा. लि. ९आइएमएस० ले बिहिवार भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवसका अवसरमा ग्राहकहरुका लागी उक्त सुरक्षायुक्त सुविधाका घोषणा गरेको हो ।

प्रेमी प्रेमिकाले एक अर्काको माया अझ गाडा बनाउने भ्यालेन्टाइन्स डे का अवसरमा कम्पनीले सामसुङ्गको ग्रँहक र उत्पादक कम्पनीबीचको सम्बन्ध गाढा बनाउने उदेश्यले यो सुविधायुक्त योजना ल्याएको कम्पनीका अध्यक्ष दीपक मल्होत्राले बताए । कम्पनीले नेपालमै पहिलो पटक यो नौलो योजना ल्याएका दावी गरेको छ । यो योजनापछि बजारमा विभिन्न देशबाट चोरी गरेर ल्याएका मोवाइलहरु सस्तो दरमा किन्ने क्रम घटने विश्वास कम्पनीको छ ।
कम्पनीले बिहिवार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार अब बिक्री हुने ग्यालेक्सी एस थ्रि र ग्यालक्सी नोट टुका सबै सेटमा बिमाको प्रिमियम नलिई इन्स्योरेन्स हुनेछन । कम्पनीले मोवाइल सेट खरीद गरेको बढीमा एक हप्ता भित्र सबै विवरण उल्लेख भएको ‘इन्स्योरेन्स पोलिसी’ ग्राहकलाई दिने बताएको छ ।  
उच्चस्तरीय प्रविधी भएका कारण केही मंहगो रहेका सामसुङ्गका मोवाइल फोन किनेपछि ग्राहकहरुलाई आफैले बोकेको सेटका कारण मानसिक तनाव नहोस भन्नको लागी कम्पनीले यो योजना ल्याएका बताएको छ । कम्पनीले यो योजना एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा लागू गरेका हो ।
‘इन्स्योरेर्ड मोवाईल’ नाम दिएको यो सेवामुलुक अभियानमा आईएमएसले नयाँ तथा पुराना आईएमएस हलोग्राम अंकित ग्यालेक्सी एस थ्रि र ग्यालक्सी नोट टुमा पनि यो सेवा दिने भएको छ । यो योजना अन्र्तगत मोवाइल फोन खरिद गरेका ग्राहकले सेवा उपयोग गर्ने क्रममा मोवाईलको भौतिक क्षती भए क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ । कम्पनीले बिक्री गरेका सबै सेटको सफ्टवेयर र हार्डवेयरमा एक वर्षसम्म वारेन्टी हुन्छन । सेट झरेर फुटे वा पानीमा डुबे या अकल्पनीय घटना घटेर मोवाइल सेटमा क्षती पुगे त्यसको क्षतिपूर्ति बीमा कम्पनीले दिनेछ ।

Tata
GBIME
Nepal Life