कल बाइपासमा सक्रिय बाबु-छोरा: धरौटीमा छुट्दै धन्दामा फर्किदै, नेटवर्क पाेखरासम्म

बिजमाण्डू
२०७३ पुष १८ गते १५:५५ | Jan 2, 2017

काठमाडौं । सिरहा बस्तीपुरका ६५ वर्षीय राकेश गिरी २०६३ साउनमा ललितपुरको ठेँचोमा अवैध कलबाइपास सञ्चालन गरेको अभियोगमा पक्राउ परे। उनको अभियोग प्रमाणित भयो। २४ दिन कैद भुक्तानपछि ५ लाख धरौटी बुझाएर मुक्त भए।
 
उनको पक्राउको क्रम यत्तिमै रोकिएन। धरौटीमा मुक्त भएको तीन वर्षपछि पुन: उनी समातिए, कलबाइपासकै केसमा। यसपालि उनले कलबाइपासको सेन्टर जैसीदेवल सारेका थिए, त्यसका लागि आफ्नो छोरा गिरीशलाई सहयोगी बनाएका थिए।
 
बाबु-छोरा नै कलबाइपासमा पक्राउ परे, जेल पुगे। राकेश एक वर्ष जेल बसेर मुक्त भए। छोरा राकेश दुई वर्ष जेल बसे।
 
बाबु-छोरा पक्राउ पर्ने र छुट्नेक्रम यत्तिमै रोकिएन।
 
२०७१ असोज ७ मा ललितपुरको किसी चोकमा पुन: दुवै पक्राउ परे र डेढ वर्ष र दुई वर्षका लागि जेल पुगे।
 
तेस्रो पटकको पक्राउले पनि यी बाबुको मति भने उस्तै थियो। दुवैलाई उही अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस ९ गते राकेशलाई अवैध कलबाइपासका उपकरण र सहयोगी गणेशकुमार मल्ल र शिवचन्द्र रोक्कालाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

 
ब्युरोका अनुसार यस पटक गिरीले ललितपुरको सानेपामा कलबाइपास चलाइरहेका थिए। उनको सहयोगीको अभियोगमा रुकुम, जाङका गणेश कुमार मल्ल समेत पक्राउ परे।
 
ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार गिरीले आफ्नो धन्दा काठमाडौं उपत्यकाबाट विस्तार गरेर पोखरा पुर्‍याएका थिए। पोखराको तुलसीमार्गको एक घरमा कलबाइपासका उपकरण राखेर रोक्काले काम गर्दै आएका थिए।