नयाँ अपरेटिङ्ग सिस्टमसहित ब्लयाकबेरी बजारमा आउँदै, पुरानो वर्चश्व स्थापित गर्ने आशा

बिजमाण्डू
२०६९ माघ १८ गते ००:०० | Jan 31, 2013
नयाँ अपरेटिङ्ग सिस्टमसहित ब्लयाकबेरी बजारमा आउँदै, पुरानो वर्चश्व स्थापित गर्ने आशा

काठमाडौ । ब्ल्याकबेरी निर्माता कम्पनी रिसर्च इन मोसन(रिम)ले नयाँ अपरेटिङ्ग सिस्टमसहितको ब्ल्याकबेरी–१० बजारमा ल्याउने भएको छ ।
बदलिदो प्रविधिलाई अबलम्बन गर्न नसक्दा कम्पनी पछिल्लो समयमा निकै पछाडि परेको थियो । नयाँ प्रविधिलाई समेटेर तयार पारेको ब्ल्याकबेरीले स्मार्टफोनको बजारमा पुन एक पटक आफ्नो बर्चस्वलाई कायम गर्ने अनुमान गरिएको छ ।

क्यानेडिएन कम्पनी ब्ल्याकबेरी आफ्नो विशेष अपरेटिङ सिस्टमको लागि विश्वभर प्रसिद्ध छ । नयाँ अपरेटिङ सिस्टमका कारण ब्ल्याकबेरीले आइफोन, एन्ड्रोइज र विन्डोजका प्रयोगकर्तालाई समेत आकर्षित गर्ने कम्पनीको अपेक्षा छ । कम्पनीले ब्ल्याकबेरी एक्स–१० र जेड–१० गरि दुई मोडलका मोबाइल बजारमा ल्याउन लागेको हो । ब्ल्याकबेरी–१० मा ४.२ इन्चको फुल टचस्क्रीन, ८ मेगापिक्सल क्षमताको क्यामरा, १.५ गीगा हर्जको ड्युल प्रोसेसर तथा २ जीबीको र्याम र १६ जीबीको इन्टरनल मेमोरी छ ।
नयाँ ब्ल्याकबेरीलाई प्रयोगकर्ताले व्यक्तिगत र अफिसियल गरि दुइ तरिकाले चलाउन सक्छन । साथै व्यक्तिगत डाटा र अफिसियल डाटालाई अलग अलग तरिकाले राख्न सकिने सुविधा समेत रहेको छ । नयाँ भर्सनमा कनक्टिभिटिको लागि एनएफसिसँगै माइक्रो यूयसबी २.० पोर्ट र वाइ–फाइ लगायतका सुविधा रहेको कम्पनीले दावी गरेको छ ।

Tata
GBIME
Nepal Life