राष्ट्रियसभा गृहमा जुत्ताको बिग सेल, ७० प्रतिशतसम्म छुट, ग्राहकको लाग्यो भीड

बिजमाण्डू
२०६९ माघ ११ गते ००:०० | Jan 24, 2013
राष्ट्रियसभा गृहमा जुत्ताको बिग सेल, ७० प्रतिशतसम्म छुट, ग्राहकको लाग्यो भीड

बसन्त खड्का/बिजमाण्डू
काठमाडौ । ७० प्रतिशतसम्मको छुट दिएपछि राजधानीको राष्ट्रिय सभागृहमा सञ्चालन भइरहेको जुत्ता चप्पलसम्बन्धी बिग मेलामा ग्राहकको भीड लागेको छ । नेपालका ठूला जुत्ता उत्पादक कम्पनीले आयोजना गरेको मेलामा दैनिक हजारौको संख्यामा ग्राहक आउने गरेको व्यवसायीको भनाई छ ।
जुत्ता र चप्पलको विक्रीमा छुट दिएका कारण ग्राहकको आकर्षण बढेको स्काइ सुजका अध्यक्ष मनोज श्रेष्ठले बताए । हामीले १५ देखि ७० प्रतिशतसम्म छुट दिएर जुत्ताको बिक्री गरिरहेका छौँ, यसले गर्दा ग्राहकहरु मेलामा आकर्षित भइरहेका छन्, उनले भने  ।

नेपाली ग्राहकलाई स्वदेशी उत्पादन प्रति आकर्षित गर्न मेलाको आयोजना गरिएको श्रेष्ठले बताए । हामीले फाइदाको लागि भन्दा पनी नेपाली ग्राहकलाई स्वदेशी उत्पादन प्रयोग गर्ने बानि परोस भन्ने उद्देश्यले यो मेलाको आयोजना गरेका हौँ, त्यसैले मेलामा भारि छुट सहित जुत्ताको बिक्री वितरण गरिरहेका छौँ, उनले भने ।
स्वदेशमा उत्पादित जुत्ता चप्पल गुणस्तरिय,  मजबुत र आरामदायी भएकाले एकपटक स्वदेशी उत्पादन प्रयोग गरेपछि ग्राहकहरुमा नेपाली उत्पादनको प्रयोग गर्ने बानी बस्ने श्रेष्ठले बताए । विहिबार सम्म आफुले दैनिक करिव २०० जोर जुत्ता बिक्रि गरिरहेको र मेला अवधिभर लगभग १५ लाख रुपैयाँ भन्दा बढिको व्यापार हुने अपेक्षा गरेको उनको भनाइ छ । त्यस्तै बिग मेलामा अपेक्षा भन्दा बढि व्यापार भएको शिखर सुजका सोरुम सेल्स म्यानेजर दिनेश श्रेष्ठ बताउँछन ।
हामीले स्वदेशी उत्पादनलाई प्रबर्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरेका हौँ र यसमा ग्राहकहरुको उपस्थिती पनि अपेक्षा भन्दा बढि  रहको छ । यो हाम्रो लागि खुसिको कुरा हो ।’ उनले भने, बजारमा भन्दा निकै सस्तो मुल्यमा जुत्ता चप्पल पाहिने हुनाले ग्राहकहरु आकर्षित भएको उनले बताए । हामीले सबै किसिमका जुत्ता चप्पल राखेका छौ त्यसैले पनि तुलनात्मक रुपमा अरुको भन्दा हाम्रो व्यापार राम्रो छ ।’ श्रेष्ठले  भने , दैनिक तीन लाखभन्दा बढिको व्यापार भइरहको उनले बताए ।
बिग मेलामा बाहिरभन्दा सस्तो मुल्यमा गुणस्तरिय र आरामदायी जुत्ता पाहिने हुँदा जुत्ता खरिद गर्न आएको ग्राहकहरु बताउँछन । बाहिर बजारमा भन्दा निकै सस्तो मुल्यमा जुत्ता चप्पल पाहिँदो रहेछ,’ चितवन बाट कामको सिलसिलामा काठमाडौ आएका ग्राहक राजु थापाले भने सस्तो मुल्यमा गुणस्तरिय जुत्ता देखेपछि लोभ लागेर आयो त्यसैले एक जोर जुत्ता लिएरै छाडेँ ।
बजारमा एक हजार भन्दा बढि पर्ने जुत्तालाई उनले बिग मेलाबाट सात सय रुपैयाँमा खरिद गरेको बताए । त्यस्तै रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्यनरत अर्थजंगबहादुर सिंहले पनि मेलामा आकर्षक गुणस्तरीय जुत्ता सस्तो मुल्यमा पाइने बताए ।
‘बाहिरको भन्दा  निकै सस्तो मुल्यमा पाहिँदो रहेछ त्यसैले एक जोर जुत्ता लिएँ ।’ उनले भने । माघ ५ गते देखि सुरु भएको बिग मेलामा दुइसय देखि तिन हजार मुल्यसम्मका अल्लोबाट बनेको जुत्ता, छाला जुत्ता,  स्पोर्ट सुज  तथा महिलाहरुका जुत्ता चप्पलहरु पाहिन्छन । मेला आगामी १६ गतेसम्म सञ्चालन हुनेछ ।

Tata
GBIME
Nepal Life