सामसुङ मोबाइल एक्स्पो सुरु, हजारदेखि लाखसम्मका मोवाइल, सातदेखि ६० प्रतिशतसम्म छुट

बिजमाण्डू
२०६९ माघ १० गते ००:०० | Jan 23, 2013

काठमाडौं । सामसुङ मोबाइल एक्सपो २०१३ काठमाडौंमा बुधवारबाट सुरु भएको छ । एक्स्पोको नायिका करिष्मा मानन्धरले उद्घाटन गरिन । करिष्माले एक्स्पोको उद्घाटनपछि टाइटल स्पन्सर सामसुङ मोबाइल स्टलको समेत विशेष उद्घाटन गरिन् । नेपाल मोबाइलव्यवसायी संघले गरेको एक्सपोमा विन्डोज ८ अपरेटिङ प्रविधिको मोबाइल पनि सार्वजनिक गरिएको छ । त्यसैगरी एक्सपोमा मोवाइलदेखि ट्याबलेट र फ्याबलेट सम्म प्रदर्शनीमा राखिएको छ । एक्सपोमा ७ देखि ६० प्रतिशत सम्म  छुटको ब्यबस्था गरिएको छ । भर्खर खुलेको सिभिल टे«डे सेन्टरमा भएको  एक्सपोमा हजारदेखि एक लाख रुपैयाँसम्मका मोवाइल विक्रीका लागि राखिएको छ ।
एक्स्पोमा विद्यार्थीको अधिकतम सहभागिताका २५ रुपैयाँको टिकट राखिएको छ भने सर्बसाधारणका लागि ५० रुपैयाँ तोकिएको छ । ६० भन्दा बढि स्टल रहेको  मेलामा स्वदेशी तथा बिदेशी गरी दुई लाख ५० हजारले अबलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलामा ब्राण्डेड मोबाइल कम्पनी, मोबाइल एसोसरिज, मोबाइल ट्रेनिङ, ल्यापटप, ट्याबलेट, फ्याबलेट, बिभिन्न दुरसंचार कम्पनीका सिम बितरकको सहभागिता छ । मेलामा वीन्डोज ८ अपरेटिङ सिस्टमबाहेक पनि एन्ड्रोइड जेली विन तथा टयाबलोइड र फ्याबलोइड प्रदर्शनमा राखिएको छ ।
एक्सपोमा टिकट खरिदकर्ताहरुका लागि हरके दिन लक्कि ड्रमार्फत ३१ हजार ५ सय रुपैयाँ बराबरको एउटा सामसुङ ग्यालेक्सी एस ड्यूस मोबाइल दिइने भएको छ । एक्सपोको अन्तिम दिन बम्पर उपहारकालागि सामसुङ नोट टु राखिएको आयोजकले जानकारी दिएका छन् । मेलाको उद्घाटन गर्दै मानन्धरले सबै खाले ब्राण्डका मोबाइल एउटै छाना मुनि पाउँदा उपभोक्तालाई सजिलो भएको बताइन । यसले मोबाइल प्रयोगकर्ताका साथै उत्पादक कम्पनीलाई समेत आफ्नो ब्राण्डबारे जानकारी दिन सहज हुने उनको भनाई थियो ।
नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेतले एक्स्पोमा विभिन्न कम्पनीका ब्राण्डेड मोबाइल लञ्च हुने बताए । एक्स्पोका टाइटल स्पोन्सर सामसुङ मोबाइलका दिकेश मलहोत्राले सबै मोबाइल उपभोक्तालाई ब्रान्डेड मोबाइलको प्रयोग गर्न आग्रह गरे । सामसुङ मोबाइल दक्ष प्राविधिकको विशेष परीक्षणपछिमात्र बजारमा आउने गरेको जानकारी दिँदै मलहोत्राले उपभोक्ताका लागि एक्स्पोको अवसर पारेर सामसुङ मोबाइलका विभिन्न उत्पादन सार्वजनिक गरिने जानकारी दिए । एक्सपोमा सीटीभी, नोकिया, कलर्स, फ्लाइ, कार्बन, लाभ, एलजी, भर्जिन, माइक्रो म्याक्स, जिफाइब, एक्स एज, इन्टेकका लगायतका कम्पनीले मोवाइल लगायतका सामानहरु प्रदर्शनीमा राखेका छन् ।

Tata
GBIME
Nepal Life