कम्पनी रजिष्टारको कार्यालय अनलाइनमा, नयाँ दर्ता, पुरानाको विवरण अब अनलाइनबाटै

बिजमाण्डू
२०६९ माघ १० गते ००:०० | Jan 23, 2013

काठमाडौं । कम्पनी रजिष्टारको कार्यालयले बिहिवारदेखि नया कम्पनी दर्ता सम्वन्धी काम अनलाइनबाट गर्न सकिने जनाएको छ । कार्यालयले कम्पनी ऐन, २०६३ बमोजिम रजिष्टर्ड भएका कम्पनीले कार्यालयमा पेस गर्नु पर्ने आवस्यक कागजात र विवरण समेत अनलाइनबाट पेस गर्न सकिने जनाएको छ ।
अनलाइनबाट रजिष्टारको कार्यलयमा कागजात पेस गर्नको लागि अनलाइन युजर नेम लिनु पर्ने छ ।  त्यसको लागि अनलाइन सेवा युजर म्यानुअलमा उल्लेख भएअनुसारका आवश्यक विवरण सहित अनलाइन अनुरोध पठाउनु पर्छ । अनलाइन अनुरोध प्राप्त भएपछि कार्यलयले सम्बन्धीत कम्पनीको इमेलमा युजरनेम दर्ता फारम पठाइदिन्छ । उक्त फारममा आवश्यक विवरण भरेपछि आधिकारिक व्यक्ति आफै उपस्थीत भई उक्त विवरण पेस गर्नु पर्ने छ । युजरनेम स्वीकृत भएपछि कार्यलयले सम्बन्धीत कम्पनीलाई अनलाइनबाट नै जानकारि गराउने छ ।

Tata
GBIME
Nepal Life