मिथिला लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

बिजमाण्डू
२०८३ मंसिर ११ गते ११:२८ | Nov 27, 2026
मिथिला लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

काठमाडौं। मिथिला लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ।

GBIME
Tata

लघुवित्तको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

लघुवित्तको चुक्ता पुँजी हाल २५ करोड ५८ लाख रहेकामा बोनस सेयर वितरणपछि २ करोड ४३ लाख रुपैयाँ थपिनेछ।

लघुवित्तका सेयरधनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश पाउनेछन्।