हिमपर्वत हाइड्रोपावरको आइपीओ मंसिर १८ देखि, सर्वसाधारणलाई ३४ लाख ६४ हजार कित्ता

बिजमाण्डू
२०८३ मंसिर ९ गते १०:४८ | Nov 25, 2026
हिमपर्वत हाइड्रोपावरको आइपीओ मंसिर १८ देखि, सर्वसाधारणलाई ३४ लाख ६४ हजार कित्ता

काठमाडौं। हिमपर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ देखि आइपीओ निष्कासन गर्ने भएको छ।

GBIME
Tata

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारलाई निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुलाउन लागेको हो।

हाइड्रोपावरले सर्वसाधारणका लागि ३४ करोड ६४ लाख ५० हजार रुपैयाँले हुन आउने ३४ लाख ६४ हजार ५०० कित्ता सेयर छुट्याएको छ।

लगानीकर्ताले १० देखि १० हजार कित्ताका लागि मंसिर २३ गतेसम्म आवेदन दिन सक्नेछन्। हिमपर्वत हाइडोपावरले जारी पुँजी १ अर्ब ५९ करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने कुल ५९ करोड १५ लाख रुपैयाँको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन अनुमति पाएको छ।

हाइड्रोपावरले कुल निष्कासनको १० प्रतिशतले हुन आउने १६ करोड ९० लाख रुपैया बराबरको १६ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेको छ। अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयबासीका लागि १० लाख १४ हजार कित्ता वितरण गरेको थियो।

हाइड्रोपावरले ४२ करोड २५ हजार रुपैयाँको अंकित मूल्य १०० रुपैयाँ दरमा ४ लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारलाई वितरण गरिसकेको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ। आर्थिक वर्ष २०८२/८३ सम्म हाइड्रोपावरको प्रति सेयर नेटवर्थ ११५.०५ रुपैयाँ रहेको छ। यस्तै, प्रति सेयर आम्दानी १५.४८ रुपैयाँ रहेको छ। यो अवधिमा कम्पनी १६ करोड ५२ लाख रुपैयाँ नाफामा रहेको छ।

हाइड्रोपावरमा हिमाल गुरुङ अध्यक्ष छन्। कम्पनीमा उनको २१ लाख ५२ हजार कित्ता सेयर छ। यस्तै, अवसर इक्विटीको ४७ लाख ९१ हजार कित्ता सेयर छ।