पञ्चेश्वर आयोजना अगाडि बढाउन बालेन र मोदी सहमत, डीपीआर तत्काल टुंगो लगाउन निर्देशन

बिजमाण्डू
२०८३ मंसिर ७ गते १६:५२ | Nov 23, 2026
पञ्चेश्वर आयोजना अगाडि बढाउन बालेन र मोदी सहमत, डीपीआर तत्काल टुंगो लगाउन निर्देशन

काठमाडौं। नेपाल र भारत पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउन सहमत भएका छन्। प्रधानमन्त्री बालेनद्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको वार्तामा परियोजना कार्यन्वयनको काम अगाडि बढाउन सहमत भएका हुन्।

GBIME
Tata

बालेन र मोदीबीचको वार्तापछि जारी संयुक्त वक्तव्य अनुसार पञ्चेश्वर विकास प्राधिकरण तथा जलस्रोतसम्बन्धी संयुक्त समितिलाई पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन यथाशीघ्र टुंगो लगाइ परियोजना कार्यान्वयनको काम अघि बढाउन निर्देशन दिइएको छ।

बालेन र मोदीले आपसी लाभका लागि जलस्रोतको उपयोग गर्न तथा बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदनसम्बन्धी कामलाई तीव्रता दिनुपर्ने निष्कर्ष निकालेका छन्।