सेयर लगानीकर्ताको रोजाइमा बैंक, सर्वाधिक कारोबार हाइड्रोको, ४ महिनामा कुन क्षेत्रको कति?

बिजमाण्डू
२०८३ मंसिर ४ गते १७:४४ | Nov 20, 2026
सेयर लगानीकर्ताको रोजाइमा बैंक, सर्वाधिक कारोबार हाइड्रोको, ४ महिनामा कुन क्षेत्रको कति?

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को चार महिनामा ३ खर्ब ४९ अर्ब २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो रकम पोहोर ४ महिनाको तुलनामा ३५.४७ प्रतिशत कम हो।

GBIME
Tata

गत वर्ष साउन-कात्तिकमा ५ खर्ब ४१ अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो। सेयर बजारमा ऋणपत्र, बैंकिङ, उत्पादन तथा प्रशोधन बाहेकका उपसमूहको कारोबार घटेको छ।

हाइड्रोपावरको सबैभन्दा धेरै १ खर्ब ६३ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ। तर, पोहोर सोही अवधिको तुलनामा यो कारोबार १८.२ प्रतिशत कम हो।

गत आर्थिक वर्ष साउनदेखि कात्तिकसम्म हाइड्रो पावर कम्पनीको १ खर्ब ९९ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो।

वाणिज्य बैंकको सेयर कारोबार भने ४.३५ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन समूहको १२.५७ प्रतिशतले बढेर ४४ अर्ब ९९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

ऋणपत्रको कारोबार दोब्बर भएको छ। पोहोर चार महिनामा साढे दुई अर्बको ऋणपत्र किनबेच भएकामा यो वर्ष सोही अवधिमा ५ अर्बको कारोबार भएको छ।

दुई आर्थिक वर्षको पहिलो ४ महिनामा भएको सेयर कारोबार रकम रु दश लाखमा

समूह२०८३/८४ साउन-कात्तिक२०८२/८३ साउन-कात्तिकफरक %
जलविद्युत१६३२६९.२४१९९५९५.५४-१८.२
वाणिज्य बैंक५३९४१.६७५१६९४.०८४.३५
उत्पादन तथा प्रशोधन४४९९२.०२३९९६८.६६१२.५७
विकास बैंक१८५१०.१६४४९९६.५-५८.८६
इन्भेष्टमेन्ट१६२६१.१४३२२२७.८२-४९.५४
फाइनान्स११६५४.६३१४०४०.२५-१६.९९
माइक्रोफाइनान्स११५९३.३३४७११४.८५-७५.३९
होटल तथा पर्यटन७७६९.७४१०७६९.७७-२७.८६
लाइफ इन्स्योरेन्स७४९६.४७१९५९३.९९-६१.७४
अन्य७०४७.४९५२११३.१४-८६.४८
ऋणपत्र५०९६.४८२५१६.६५१०२.५१
निर्जीवन बीमा कम्पनी३८३८.६३१२२२०.५३-६८.५९
म्युचअल फण्ड१०२५.९५२१२७.६-५१.७८
ट्रेडिङ६११.३१९६१.७५-३६.४४
कुल कारोबार३४९२१०.७६५४११८०.६२-३५.४७
स्रोत : नेपाल स्टक एक्सचेन्ज