काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को चार महिनामा ३ खर्ब ४९ अर्ब २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो रकम पोहोर ४ महिनाको तुलनामा ३५.४७ प्रतिशत कम हो।
गत वर्ष साउन-कात्तिकमा ५ खर्ब ४१ अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो। सेयर बजारमा ऋणपत्र, बैंकिङ, उत्पादन तथा प्रशोधन बाहेकका उपसमूहको कारोबार घटेको छ।
हाइड्रोपावरको सबैभन्दा धेरै १ खर्ब ६३ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ। तर, पोहोर सोही अवधिको तुलनामा यो कारोबार १८.२ प्रतिशत कम हो।
गत आर्थिक वर्ष साउनदेखि कात्तिकसम्म हाइड्रो पावर कम्पनीको १ खर्ब ९९ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो।
वाणिज्य बैंकको सेयर कारोबार भने ४.३५ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन समूहको १२.५७ प्रतिशतले बढेर ४४ अर्ब ९९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
ऋणपत्रको कारोबार दोब्बर भएको छ। पोहोर चार महिनामा साढे दुई अर्बको ऋणपत्र किनबेच भएकामा यो वर्ष सोही अवधिमा ५ अर्बको कारोबार भएको छ।
दुई आर्थिक वर्षको पहिलो ४ महिनामा भएको सेयर कारोबार रकम रु दश लाखमा
| समूह | २०८३/८४ साउन-कात्तिक | २०८२/८३ साउन-कात्तिक | फरक % |
| जलविद्युत | १६३२६९.२४ | १९९५९५.५४ | -१८.२ |
| वाणिज्य बैंक | ५३९४१.६७ | ५१६९४.०८ | ४.३५ |
| उत्पादन तथा प्रशोधन | ४४९९२.०२ | ३९९६८.६६ | १२.५७ |
| विकास बैंक | १८५१०.१६ | ४४९९६.५ | -५८.८६ |
| इन्भेष्टमेन्ट | १६२६१.१४ | ३२२२७.८२ | -४९.५४ |
| फाइनान्स | ११६५४.६३ | १४०४०.२५ | -१६.९९ |
| माइक्रोफाइनान्स | ११५९३.३३ | ४७११४.८५ | -७५.३९ |
| होटल तथा पर्यटन | ७७६९.७४ | १०७६९.७७ | -२७.८६ |
| लाइफ इन्स्योरेन्स | ७४९६.४७ | १९५९३.९९ | -६१.७४ |
| अन्य | ७०४७.४९ | ५२११३.१४ | -८६.४८ |
| ऋणपत्र | ५०९६.४८ | २५१६.६५ | १०२.५१ |
| निर्जीवन बीमा कम्पनी | ३८३८.६३ | १२२२०.५३ | -६८.५९ |
| म्युचअल फण्ड | १०२५.९५ | २१२७.६ | -५१.७८ |
| ट्रेडिङ | ६११.३१ | ९६१.७५ | -३६.४४ |
| कुल कारोबार | ३४९२१०.७६ | ५४११८०.६२ | -३५.४७ |