काठमाडौं। सुनचाँदीको मूल्यमा भारी गरिावट आएको छ। सुनको मूल्य शुक्रबार तोलामा १२ हजार २०० र चाँदीको मूल्य २२५ रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रति तोला २ लाख ४५ हजार ४०० रुपैयाँ निर्धारण गरेको छ। तिहारपछि लगातार सातौं दिन घट्दा सुनको मूल्य एक वर्षअघिको अवस्थामा आइपुगेको हो।
पोहोर कात्तिक २७ गते सुन प्रति तोला २ लाख ५० हजार २०० रुपैयाँका दरले किनबेच भएकामा माघ १५ गते तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो।
तिहारपछि सुनको भाउ तोलामा ३८ हजार ९०० रुपैयाँ घटिसकेको छ। तिहारअघि कात्तिक २३ गते सुन प्रति तोला २ लाख ८४ हजार ३०० रुपैयाँका दरले किनबेच भएको थियो।
सुनको मूल्य बिहीबार तोलामा ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँका दरले कारोबार भएको थियो।
चाँदीको मूल्य ६.७५ प्रतिशतले ओरालो लागेर प्रति तोला ३ हजार ११० रुपैयाँमा आइपुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शुक्रबार प्रति औंस ३५२६.२६ डलर र चाँदीको भाउ ४१.४१ डलर छ।










