विदेशी विनिमय सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब पुग्यो, वैदेशिक लगानीमा सुधार

बिजमाण्डू
२०८३ मंसिर ३ गते १७:०६ | Nov 19, 2026
विदेशी विनिमय सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब पुग्यो, वैदेशिक लगानीमा सुधार

काठमाडौं। रेमिटेन्स वृद्धिसँगै विदेशी विनिमय सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

GBIME
Tata

गत असार मसान्तमा विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेकामा तीन महिनामा ६.८ प्रतिशतले बढेको हो।

कुल सञ्चितिमध्ये राष्ट्र बैंकमा ३६ खर्ब ९५ अर्ब २४ करोड र अन्य बैंक तथा वित्तीय संस्थामा ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ छ।

विदेशी विनिमय सञ्चितिले असोज मसान्तसम्मको आयातलाई आधार मान्दा १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ।

वैदेशिक लगानी र रेमिटेन्स वृद्धिका कारण शोधनान्तर स्थिति थप बलियो देखिएको छ। असोजसम्म शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोडले बचतमा देखिएको छ। त्यसैगरी, चालु खाता २ खर्ब ७९ अर्ब ११ करोडले बचतमा छ।

साउनदेखि असोजसम्म ४ अर्ब १४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। पोहोर सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १ अर्ब ७४ करोड आएको थियो।