काठमाडौं। पोखरामा यही मंसिर २६ गते माछापुच्छ्रे दौड हुने भएको छ। साहसिक खेलकुद तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा हिमालयन ट्रेल रनिङले प्रतियोगिता गर्ने भएको हो।
प्रतियोगिताले पोखराको साहसिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास लिएको बैंकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रतियोगीहरु आफ्नो क्षमता र रुचिअनुसार ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट विधा), २१ किलोमिटर र ४२ किलोमिटर गरी चार विधामा सहभागी हुन सक्नेछन्। यसका लागि उनीहरुले अनलाइनमार्फत दर्ता गर्नुपर्नेछ।









