सेयर बजारमा १३८ कम्पनीको मूल्य बढ्यो, सूचक २६२८.६७ विन्दुमा, ३ अर्ब ८७ करोडको किनबेच

बिजमाण्डू
२०८३ मंसिर ३ गते १५:१६ | Nov 19, 2026
सेयर बजारमा १३८ कम्पनीको मूल्य बढ्यो, सूचक २६२८.६७ विन्दुमा, ३ अर्ब ८७ करोडको किनबेच

काठमाडौं। तीन दिन लगातार घटेको सेयर बजार बिहीबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३.६२ अंक उकालो लागेर २६२८.६७ विन्दुमा पुगेको छ।

GBIME
Tata

कारोबारमा आएका बैंकिङ, होटल तथा पर्यटन, फाइनान्स, उत्पादन तथा प्रशोधन र फाइनान्स उपसमूहले बजार बढाएका हुन्। होटल तथा पर्यटनको सूचक सबैभन्दा धेरै ‍१.२९ प्रतिशतले बढेको छ। १३८ कम्पनीका लगानीकर्ताले कमाएका छन्।

बोटलर्स नेपालका दुवै कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। बोटलर्स नेपाल बालाजुको ६ प्रतिशत र बोटलर्स तराईको ५.६३ प्रतिशतले सेयर मूल्य बढेको छ।

सूचक बढेपनि कारोबार रकम घटेको छ। बजारमा बुधबार ४ अर्ब १५ करोडको सेयर किनबेच भएकामा बिहीबार ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

एनआइसी एसिया बैंकको सबैभन्दा धेरै १६ करोड ७८ लाख र पिपुल्स हाइड्रोपावरको १५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

बजारमा सेयरमूल्य घटेका १३२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। एभरेष्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ।