बागलुङमा दुर्गा कुँवरले खोले सुविधा सम्पन्न ‘होटल आँगन’, १० करोड रुपैयाँ लगानी

बिजमाण्डू
२०८३ मंसिर ३ गते १४:५० | Nov 19, 2026
बागलुङमा दुर्गा कुँवरले खोले सुविधा सम्पन्न ‘होटल आँगन’, १० करोड रुपैयाँ लगानी

बागलुङ। धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको सम्भावना बोकेको बागलुङमा करिब १० करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ सञ्चालनमा आएको छ।

GBIME
Tata

उद्यमी दुर्गा कुँवरको लगानीमा बागलुङ नगरपालिका-२ मा होटल सञ्चालनमा ल्याइएको हो। होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी ‘शंकर’ले होटलको उद्‍घाटन गरेका छन्।

होटलमा १७ वटा आधुनिक एसी डिलक्स कोठा तथा सभा, सम्मेलन, गोष्ठी र विभिन्न समारोह सञ्चालन गर्न सकिने तीनवटा सुविधासम्पन्न हल छन्।

महासंघका अध्यक्ष भण्डारीले बागलुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनसँगै साहसिक पर्यटन, ग्रामीण पर्यटन, प्राकृतिक पर्यटन र सम्मेलन पर्यटनको गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए।

कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य कमल न्यौपाने, महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, वरिष्ठ उपाध्यक्ष दुर्गाविलास भट्टराई, कोषाध्यक्ष गोपाल पौडेल, उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्य र उपाध्यक्ष ऋषि गौतमलगायतको उपस्थिति थियो।