सुनचाँदीको मूल्य लगातार छैटौं दिन ओरालो, तिहारपछि तोलामा २६ हजार ७०० रुपैयाँ सस्तियो सुन

बिजमाण्डू
२०८३ मंसिर ३ गते ११:१३ | Nov 19, 2026
सुनचाँदीको मूल्य लगातार छैटौं दिन ओरालो, तिहारपछि तोलामा २६ हजार ७०० रुपैयाँ सस्तियो सुन

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार छैटौं दिन ओरालो लागेको छ। ६ दिनमा सुनको भाउ तोलामा २६ हजार ७०० रुपैयाँ घटेको छ।

GBIME
Tata

तिहारअघि कात्तिक २३ गते प्रति तोला २ लाख ८४ हजार ३०० रुपैयाँका दरले किनबेच भएको सुनको मूल्य बिहीबार २ लाख ५७ हजार ६०० रुपैयाँमा आइपुगेको छ। सुन बुधबार प्रत तोला २ लाख ६० हजार ९०० रुपैयाँका दरले किनबेच भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँ घटेको छ। चाँदीको भाउ तोलाको ३ हजार ३३५ रुपैयाँमा झरेको छ। चाँदीको मूल्य बुधबार प्रति तोला ११० रुपैयाँ घटेको थियो।

तिहारपछि चाँदीको भाउ पनि ६ दिनमा ५२० रुपैयाँ घटिसकेको छ। चाँदी कात्तिक २३ गते तोलाको ३ हजार ८५५ रुपैयाँका दरले किनबेच भएको थियो।