काठमाडौं। नेपाल हाइड्रो डेभलपर्सले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/०८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
हाइड्रो डेभलपर्सका सेयरधनीले पोहोरको मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर पाउनेछन्। त्यसमा लाग्ने कर प्रयोजका लागि ०.५३ प्रतिशत नगद लाभांश घोषणा गरिएको छ।
सेयरधनीले विद्युत नियमन आयोग र साधारण सभाबाट स्वीकृतिपछि प्रतिफल पाउनेछन्।










