BIZMANDU
www.bizmandu.com

नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा, सेयरधनीलाई १०.५३% प्रतिफल

२०८३ मंसिर १

नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा, सेयरधनीलाई १०.५३% प्रतिफल
नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा, सेयरधनीलाई १०.५३% प्रतिफल

काठमाडौं। नेपाल हाइड्रो डेभलपर्सले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/०८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

GBIME
Tata

हाइड्रो डेभलपर्सका सेयरधनीले पोहोरको मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर पाउनेछन्। त्यसमा लाग्ने कर प्रयोजका लागि ०.५३ प्रतिशत नगद लाभांश घोषणा गरिएको छ।

सेयरधनीले विद्युत नियमन आयोग र साधारण सभाबाट स्वीकृतिपछि प्रतिफल पाउनेछन्।