सबैभन्दा बढी ब्यक्तिगत आय कर तिर्नेमा फेरि पनि राजबहादुर शाह सम्मानित, बैंकतर्फ नबिल

बिजमाण्डू
२०८३ मंसिर १ गते १०:०८ | Nov 17, 2026
सबैभन्दा बढी ब्यक्तिगत आय कर तिर्नेमा फेरि पनि राजबहादुर शाह सम्मानित, बैंकतर्फ नबिल

काठमाडौं। राष्ट्रिय कर दिवसको अवसरमा सरकारले व्यक्तिगत आयकर सबैभन्दा बढी तिर्ने राजबहादुर शाहलाई सम्मानित गरेको छ। पोहोर पनि राजबहादुर सबैभन्दा बढी कर तिर्नेमा परेका थिए। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शाहलाई बढी आयकर तिरेको भन्दै सम्मानित गरेका छन्।

GBIME
Tata

हरेक वर्षको मंसिर १ गते कर दिवसको अवसर पारेर बढी कर तिर्ने कम्पनी र करदातालाई सम्मान गर्दै आएको छ। कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्येबाट ओसीबी फुड्सलाई सम्मान गरिएको छ। कम्पनीका प्रवन्ध निर्देशक प्रदीप रुंगटालाई अर्थमन्त्री वाग्लेले सम्मानित गरे। गत वर्ष पोषक ब्रिडर फार्म प्रालि सम्मानित भएको थियो।

बैंक, वित्तीय संस्था र बीमा कारोबार गार्नेमध्येबाट नबिल बैंकलाई सम्मान गरेको छ। गत वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सम्मानित भएको थियो। स्वास्थ्य तथा शैक्षिक संस्थाबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड फेरि पनि सम्मानित भएको छ।

पर्यटन व्यवसायतर्फबाट सोल्टी होटलले बढी आयकर तिरेर पुन:  सम्मानित भएको छ। बस्तु व्यापारको कारोबार गर्नेबाट सीजी इम्पेक्सले सबैभन्दा बढी आयकर तिरेको छ।

बार्षिक कारोबार रकम ५९ करोडभन्दा बढि १०० करोडसम्म कारोबार गर्नेमध्येबाट फुड एण्ड विभोरेज टेक्नोलोजी रिसर्च सेन्टर सम्मानित भएको छ।उर्जामूलक उद्योबाट भोटेकोशी पावर कम्पनी सम्मानित भएको छ।

रेमिटेन्स तथा मनि ट्रान्सफरबाट आइएमइ लिमिटेडले बढी आयकर तिरेर सम्मानित भएको छ।२०७७ साउनदेखि २०८३ असारसम्म मूल्य अभिवृद्धि कर समयमै बुझाउनेबाट हिमालयन डिस्टिलरी लिमिटेड सम्मानित भएको छ।

बार्षिक कारोबार ५० करोडसम्म गर्नेमा इम्पेरिल सेक्युरिटिज सम्मानित भएको छ। यसैगरी विशेष उद्योगहरुमध्येबाट बरुण वेभरेज नेपाल प्रालि, जीवन बीमामा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, निर्जीवनमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र लघुवित्त क्षेत्रबाट छिमेक लघुवित्त सम्मानित भएको छ।