एनपीएलमा पहिलो शतक बनाउन एक रनले चुके भुर्तेल, साम्रासँग मिलेर रचे कीर्तिमान

बिजमाण्डू
२०८३ कात्तिक २९ गते १८:३२ | Nov 15, 2026
एनपीएलमा पहिलो शतक बनाउन एक रनले चुके भुर्तेल, साम्रासँग मिलेर रचे कीर्तिमान
क्रिजमा कुशल भुर्तेल र युवराज साम्रा

काठमाडौं। कुशल भुर्तेल नेपाल प्रिमियर लिग (एनपीएल)मा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्न एक रनले चुकेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पोखराका लागि कुशल भुर्तेल ९९ रनमा आउट हुँदा एक रनले शतक बनाउन चुके।

GBIME
Tata

उनले ५१ बलमा समान ८ चौका र छक्का प्रहार गरे। आज शतक प्रहार गरेको भए उनी एनपीएलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्ने थिए। एनपीएलमा हालसम्म विदेशी खेलाडीले मात्रै शतक बनाएका छन्। यस संस्करणमा शतक बनाउने एकमात्रै खेलाडी पोखराकै युवराज साम्रा हुन्।

भुर्तेलसँगै युवराज साम्रा पनि शतक बनाउन चुकेका छन्। उनले ५५ बलमा ८९ रन बनाए।

यी दुईले मिलेर एनपीएलकै सबैभन्दा ठूलो साझेदारी भने गरेका छन्।   उनीहरुले पोखरा एभेन्जर्सकै आन्द्रेस गुएस र दीनेश खरेलले १७६ रनको साझेदारीको कीर्तिमान पछि पारेका हुन्।

भुर्तेल र साम्रा मिलेर आज १८६ रनको साझेदारी गरे। पोखरा प्लेअफको होडबाट बाहिरिने पहिलो टोली हो।