चितवनविरुद्ध टस जितेर कर्णाली ब्याटिङमा, चितवनको प्लेइङ ११ मा व्यापक परिवर्तन

बिजमाण्डू
२०८३ कात्तिक २९ गते १२:२८ | Nov 15, 2026
चितवनविरुद्ध टस जितेर कर्णाली ब्याटिङमा, चितवनको प्लेइङ ११ मा व्यापक परिवर्तन
चितवनको फिल्डिङ। फाइल फोटो।

काठमाडौं। कर्णाली याक्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर डेभिड मिलरले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

GBIME
Tata

चितवनले आजको खेलमा ५ परिवर्तन गरेको छ। कर्णालीको जारी सिजन यो अन्तिम खेल हो। अर्कोतर्फ चितवतन प्लेअफमा पुगिसकेको छ।

चितवनले अर्जुन साउद, मौसम ढकाल, रञ्जित कुमार, डेभिड मलान र रवि बोपाराको स्थानमा देव खनाल, सलाउद्दीन खान, अशोक धामी, डान मोस्ली र उस्मा मीरलाई खेलाएको छ।

अर्कतर्फ कर्णालीमा दिपेन्द्र रावतको स्थान सचिन शर्माले लिएका छन्।

चितवनको प्लेइङ ११

सिकन्दर राजा (कप्तान), कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, विवेक यादव, अशोक धामी, सलाउद्दीन खान, कमिल मिश्रा, डान मौस्ले, उस्मा मीर

कर्णालीको प्लेइङ ११

डेभिड मिलर (कप्तान), सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, विपिन शर्मा, पवन सर्राफ, सचिन शर्मा, अरिफुल इस्लाम, मार्क वाट, हुसैन तलत