रास्वपाको २० सदस्यीय टोली महामन्त्री आचार्यको नेतृत्वमा चीन प्रस्थान, ११ दिन विभिन्न शहर घुम्ने

बिजमाण्डू
२०८३ कात्तिक २९ गते ११:५३ | Nov 15, 2026
रास्वपाको २० सदस्यीय टोली महामन्त्री आचार्यको नेतृत्वमा चीन प्रस्थान, ११ दिन विभिन्न शहर घुम्ने

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को २० सदस्यीय टोली चीन भ्रमणमा निस्किएको छ। महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाको टोली आइतबार चीन भ्रमणमा निस्किएको हो।

GBIME
Tata

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तामा भ्रमणमा निस्किएको रास्वपाको टोली ११ दिनसम्म चीनमा रहनेछ।

टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, सांसदहरु लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रीमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा छन्।

भ्रमणका क्रममा आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ।

टोलीले चीन भ्रमणमा जानुअघि शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह र शनिबार सभापति रवि लामिछानेसँग भेटघाट गरेको थियो।