पोखरा एभेन्जर्सलाई सिजनको पहिलो जित निकाल्न १ सय ५२ रनको लक्ष्य

बिजमाण्डू
२०८३ कात्तिक २० गते १८:४३ | Nov 6, 2026
पोखरा एभेन्जर्सलाई सिजनको पहिलो जित निकाल्न १ सय ५२ रनको लक्ष्य
विकेट सेलिब्रेट गर्दै पोखराका खेलाडी।


काठमाडौं। चितवन राइनोजले पोखरा एभेन्जर्ससामू १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको हो।

GBIME
Tata
चितवनको ब्याटिङ।

चितवनका लागि सिकन्दर रजाले सर्वाधिक ३७ रन बनाउँदा रवि बोपाराले ३५ रन बनाए। पहिलो विकेटका लागि अर्जुन साउद र डेभिड मलानले ६० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। साउदले ३१ रन बनाउँदा मलानले २८ रन बनाए।

बलिङमा पोखराका चमिका करुणारत्ने, कुशल भुर्तेल र विपिन खत्रीले समान २ विकेट लिए।

आजको खेलमा कुशल मल्ल चितवन राइनोजको टोलीमा फर्किएका छन्। यसअघिका दुई सिजनमा कप्तानी गरेका मल्ल यस संस्करणमा भने पहिलो पटक मैदान उत्रिए।

अर्कोतर्फ पोखरा एभेन्जर्सले कुशल भुर्तेललाई कप्तानीबाट हटाएको छ। सकिव अल हसन पनि आज पोखरामा छैनन्। पोखरा अझै सिजनको पहिलो जितकै खोजीमा छ।

चितवनको ब्याटिङ।

पोखराको प्लेइङ ११

करुणारत्ने (कप्तान), कुशल भुर्तेल, विपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, अर्जुन कुमाल, अर्जुन घर्ती मगर, सुदीप अर्याल, , मेहदी हसन, सदीरा समाराविक्रमा, युवराज साम्रा

चितवनको प्लेइङ ११

कुशल मल्ल (कप्तान), सिकन्दर रजा, रवि बोपारा, रिजन ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, विवेक कुमार यादव, रञ्जित कुमार, मौसम ढकाल, डेविड मलान, टम टेयलर