माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले गभर्नर पौडेल समक्ष लिए पद तथा गोपनीयताको सपथ

बिजमाण्डू
२०८३ कात्तिक २० गते १७:२६ | Nov 6, 2026
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले गभर्नर पौडेल समक्ष लिए पद तथा गोपनीयताको सपथ


काठमाडौं। माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

GBIME
Tata

माछापुच्छ्रे बैंकको २८औँ वार्षिक साधारणसभामार्फत संस्थापक सेयरधनीहरूको तर्फबाट बैंक संचालक समितिमा निर्विरोध निर्वाचित भए लगत्तै बसेको बैंक संचालक समितिको ५६७औँ बैंठकले केसीलाई आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्ति गर्ने निणर्य गरेको थियो।

उक्त सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक संचालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।