मैदान उत्रँदै डेभिड मिलर : कर्णालीले टस जित्यो, ब्याटिङमा सुदूरपश्चिम, प्लेइङ ११ मा परिवर्तन

बिजमाण्डू
२०८३ कात्तिक २० गते १२:१६ | Nov 6, 2026
मैदान उत्रँदै डेभिड मिलर : कर्णालीले टस जित्यो, ब्याटिङमा सुदूरपश्चिम, प्लेइङ ११ मा परिवर्तन
टसका क्रममा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र कर्णालीका कप्तान सोमपाल कामी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू


काठमाडौं। कर्णाली याक्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णालीले टस जितेर सुदूरपश्चिमलाई पहिला ब्याटिङको निम्ता दिएको हो।

GBIME
Tata

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरलाई कर्णालीले मैदान उतार्ने भएको छ।

कर्णालीले युवराज खत्रीको स्थानमा सूर्यतामाङलाई खेलाउँदा अकबर अलीको स्थानमा डेभिड मिलर खेल्नेछन्। त्यस्तै, सुदूरपश्चिमका शेरफेन रुथरफोर्ड एनपीएलबाट फर्किए पछि उनको स्थानमा थिरन्दु रत्नायकेलाई प्लेइङ ११ मा स्थान दिएको छश्र

सुदूरपश्चिमको प्लेइङ ११

दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अभिनास बोहरा, सैफ जैब, ब्राण्डन म्याकमुलन, स्कट कुगेलेइन, थिरन्दु रत्नायके, अनिल खरेल

कर्णालीको प्लेइङ ११

सोमपाल कामी (कप्तान) , गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, युनिस सिंह ठकुरी, पवन सर्राफ, सूर्य तामाङ, डेभिड वार्नर, अरिफुल इस्लाम, मार्क वाट र हुसैन तालत