विद्युत प्राधिकरणले ४०६ कर्मचारी भर्ना गर्दै, ६४ जना इन्जिनियर, कुन पदमा कति?

बिजमाण्डू
२०८३ कात्तिक २० गते १२:०५ | Nov 6, 2026
विद्युत प्राधिकरणले ४०६ कर्मचारी भर्ना गर्दै, ६४ जना इन्जिनियर, कुन पदमा कति?


काठमाडौं। नेपाल विद्यूत प्राधिकरणले ४०० भन्दा बढी कमर्चारी भर्ना गर्न लागेको छ। प्राधिकरणले ५ देखि १० तहसम्म विभिन्न पदमा ४०६ कर्मचारी भर्ना गर्नका लागि शुक्रबार विज्ञापन खुलाएको छ।

GBIME
Tata

विज्ञापन अनुसार अधिकृतस्तरमा ८४ तथा सहायकस्तरमा ३२२ जना कर्मचारी भर्ना गर्न लागिएको हो।

अधिकृतस्तरमा तह १० मा इलेक्ट्रिकलतर्फ १ जना, तह ८ मा लेखातर्फ २, इलेक्ट्रिकलतर्फ ३ र कम्प्यटर इन्जिनियरिङतर्फ १ जना, तह ७ मा प्रशासनतर्फ १६, इलेक्ट्रिकलतर्फ ४५, मेकानिकलतर्फ ४, सिभिलतर्फ ६ र कम्प्युटर इन्जिनियरिङतर्फ ४ जना मागिएको छ।

यस्तै प्रशासनतर्फ ३१ जना मिटररिडिङ सुपरभाइजर र ३४ जना लेखापाल, इलेक्ट्रिकलतर्फ सुपरभाइजर २४६ र मेकानिकलतर्फ सुपरभाइजर ११ जना भर्ना गर्न लागिएको छ। प्राधिकरणमा जागिर खान चाहनेले मंसिर २७ गतेसम्म आवेदन बुझाउनुपर्नेछ।