काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि सुन र चाँदीको सिक्का बिक्री गरिरहेको छ। बिहीबारदेखि सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु भएको हो।
राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट सुनको असर्फी तथा चाँदीका मेडालियन सिक्का बिक्री भइरहेको छ। असर्फी र सिक्का लिन आज पनि बिहानदेखि सर्वसाधारणको भिड लागेको छ।

प्रति व्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) १/१ थानका दरले (बढीमा दुई थान मात्र) खरिद गर्न पाइनेछ।
सिक्का बिहीबार र शुक्रबार (कात्तिक १९ र २० गते) बिहान ११ देखि दिउँसो ३ बजेसम्म बिक्री गरिने जनाइएको छ।




















