एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी नोक्सानीमा, प्रति सेयर आम्दानी ०.२५ रुपैयाँ ऋणात्मक

बिजमाण्डू
२०८३ कात्तिक २० गते १०:४७ | Nov 6, 2026
एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी नोक्सानीमा, प्रति सेयर आम्दानी ०.२५ रुपैयाँ ऋणात्मक


काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेट नोक्सानीमा गएको छ।

GBIME
Tata

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनी ४४ लाख ५५ हजार रुपैयाँ नोक्सानीमा गएको हो।

पोहोर पहिलो त्रैमासमा ५० लाख ६६ हजार रुपैयाँ नाफा कमाएको कम्पनी यसपालि आम्दानी घट्दा नोक्सानीमा गएको हो। कम्पनीको प्रति सेयर आम्दानी ०.२५ रुपैयाँ ऋणात्मक र प्रति सेयर नेटवर्थ १७९.६४ रुपैयाँ छ।

कम्पनीले विभिन्न हाइड्रोपावर र होटलमा लगानी गरेको छ।