भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौंमा, दुई दिने भेटघाट आजैबाट

बिजमाण्डू
२०८३ कात्तिक १८ गते १०:१९ | Nov 4, 2026
भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौंमा, दुई दिने भेटघाट आजैबाट


काठमाडौं। भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन्। दुई दिने भेटघाटका लागि बुधबार बिहान आइपुगेका हुन्।

GBIME
Tata

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको व्यवस्थापन सिलसिलामा आइपुगेका मिश्रीले उच्चस्तरीय भेटघाट गर्ने तालिका छ। उनले सुरुमा समक्षी परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गर्दैछन्।

उनले सत्तारुढ दल रास्वपाका सभापति रचि लामिछानेसँग पनि भेट गर्ने बताइएको छ।