दराजमार्फत सामान किन्ने महालक्ष्मी विकास बैंकका ग्राहकलाई २०% सम्म छुट, अफर २५ गतेसम्म

बिजमाण्डू
२०८३ कात्तिक १७ गते १२:३९ | Nov 3, 2026
दराजमार्फत सामान किन्ने महालक्ष्मी विकास बैंकका ग्राहकलाई २०% सम्म छुट, अफर २५ गतेसम्म


काठमाडौं। महालक्ष्मी विकास बैंकका ग्राहकले दराजमार्फत सामान किन्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकका डेबिट कार्ड र क्रेडिट कार्डबाहक ग्राहकले दराजमार्फत सामान किन्दा २० प्रतिशतसम्म छुट पाउने भएका हुन्।

GBIME
Tata

ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम १५०० रुपैयाँ र क्रेडिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा २० प्रतिशत वा अधिकतम २००० रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ।

बैैंकका अनुसार दराजको ११.११ अभियान अन्तर्गत यो अफर कात्तिक २५ गतेसम्मका लागि हो।