सिटिजन्स बैंकको बाढीमा क्षति भएको देवीघाट शाखा बट्टारमा स्थानान्तरण, सीइओले के भने?

बिजमाण्डू
२०८३ कात्तिक १७ गते १२:२१ | Nov 3, 2026
सिटिजन्स बैंकको बाढीमा क्षति भएको देवीघाट शाखा बट्टारमा स्थानान्तरण, सीइओले के भने?


काठमाडौं। सिटिजन्स बैंकले नुवाकोटको देवीघाटस्थित शाखालाई बट्टारमा स्थानान्तरण गरेको छ। भदौ १० गतेको बाढीले देवीघाट शाखा क्षतविक्षत भएपछि बैंकले मंगलबार बट्टारमा स्थानान्तरण गरेको हो।

GBIME
Tata

बैैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले स्थानान्तरण गरिएको शाखा उद्‍घाटन गरेका छन्। पोखरेलले देवीघाट शाखा पूर्णरूपमा क्षति भएको अवस्थामा ग्राहकलाई सेवा दिन बट्टारमा स्थानान्तरण गरेको बताए। उनले ग्राहकलाई अझ उच्चस्तरीय सेवा दिने प्रतिबद्धता जनाए।

बाढीले देवीघाट शाखाको नामोनिसान मेटिंदा कर्मचारी भने जोगिन सफल भएका थिए।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ। शिविरमा मुखको क्यान्सर, मधुमेह, मुटु तथा रक्तनलीसम्बन्धी रोग परीक्षणलगायत स्वास्थ्य सेवा निःशुल्करूपमा उपलब्ध गराउने बैंकले जनाएको छ।