ठमेलमा पर्यटकले पनि लगाए टीका र जमरा, मौलिक परम्परा प्रवर्धनमा सहयोग पुग्ने

बिजमाण्डू
२०८३ कात्तिक ५ गते १४:०७ | Oct 21, 2026
ठमेलमा पर्यटकले पनि लगाए टीका र जमरा, मौलिक परम्परा प्रवर्धनमा सहयोग पुग्ने
File photo


काठमाडौं। नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैंको टीका र जमरा लगाएका छन्।

GBIME
Tata

दसैंका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै खुसी साटासाट गरेका हुन्।

नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दसैं उनीहरुले मनाएका हुन्। नेपाल भ्रमणमा आएका पर्यटकका लागि टीका र जमरा ग्रहण गर्नु नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर बनेको पर्यटन व्यवसायीहरु बताउँछन्।

पछिल्लो समय विदेशी पर्यटकले नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यबाट आकर्षित भएर नेपाली संस्कार र परम्परा अनुसारका पर्व एवम् उत्सव मनाउने गरेका छन्।

नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य एवम् काठमाडौं इको होटल ठमेलका सञ्चालक सहदेव धमलाले यस्ता गतिविधिले नेपालको सांस्कृतिक विविधता, मौलिक परम्परा र अतिथि सत्कारको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्न सहयोग पुग्ने बताए।

ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले दसैंले नेपाली र विदेशीबीच आपसी सद्भाव, मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको बताए।