दार्जिलिङमा पनि दसैंको रौनक: बत्तीले सजिएको बजारमा सेल, नेपाली बिदा मनाउन पुगे (तस्विरहरु)

बिजमाण्डू
२०८३ कात्तिक ३ गते २०:५८ | Oct 19, 2026
दार्जिलिङमा पनि दसैंको रौनक: बत्तीले सजिएको बजारमा सेल, नेपाली बिदा मनाउन पुगे (तस्विरहरु)


काठमाडौं । नेपाल यतिखेर दसैंको उमंगमा रमिरहेको छ। त्यस्तै, छिमेकी देश भारतमा पनि नवरात्रीको उत्सवमा छ। भारतको नेपालीभाषी बाहुल्य क्षेत्रमा पनि यतिखेर दसैंको रौनक छ।

GBIME
Tata

दार्जिलिङ र सिक्किममा नेपालमा जस्तै नेपालभाषीहरु दसैं मनाउँछन्। यतिखेर दार्जिलिङमा दसैंको रौनक देख्न सकिन्छ।

मानिसहरु किनमेल गर्न बजार पुगिरहेका छन्। बजारमा ‘सेल’ लागेको छ। सहरलाई बत्तीले सजाइएको छ।

त्यस्तै, नेपालबाट बिदाको समयमा दार्जिलिङ पुग्नेको संख्या पनि यतिखेर बढेको छ।