काठमाडौं । नेपाल यतिखेर दसैंको उमंगमा रमिरहेको छ। त्यस्तै, छिमेकी देश भारतमा पनि नवरात्रीको उत्सवमा छ। भारतको नेपालीभाषी बाहुल्य क्षेत्रमा पनि यतिखेर दसैंको रौनक छ।
दार्जिलिङ र सिक्किममा नेपालमा जस्तै नेपालभाषीहरु दसैं मनाउँछन्। यतिखेर दार्जिलिङमा दसैंको रौनक देख्न सकिन्छ।
मानिसहरु किनमेल गर्न बजार पुगिरहेका छन्। बजारमा ‘सेल’ लागेको छ। सहरलाई बत्तीले सजाइएको छ।
त्यस्तै, नेपालबाट बिदाको समयमा दार्जिलिङ पुग्नेको संख्या पनि यतिखेर बढेको छ।








