कात्तिक १, ३ र ४ गते बञ्चरेडाँडा ल्यान्डफिल साइट बन्द हुने, ‘फोहोर घर बाहिर नफाल्नू’

बिजमाण्डू
२०८३ असोज ३० गते ०९:३५ | Oct 16, 2026
कात्तिक १, ३ र ४ गते बञ्चरेडाँडा ल्यान्डफिल साइट बन्द हुने, ‘फोहोर घर बाहिर नफाल्नू’


काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गते, ३ गते र ४ गते उपत्यकाको फोहोर व्यवस्थापन दसैं बिदाका कारण प्रभावित हुने जनाएको छ। ती दिन बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट बन्द हुने हुँदा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो।

GBIME
Tata

दसैं बिदाका कारण सफाइ कर्मचारीहरु पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो।

आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न पनि महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेकी छन्।

बिदा पछि अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने महानगरले जनाएको छ ।